‘मायाको मौसम’ म्युजिक भिडियो सार्वजनिक



काठमाडाैँ । सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ । यस गीतमा गायिका ममता गुरुङ र गायक एवं गीतकार डिपी खनालको सुमधुर स्वर सुन्न सकिन्छ । रोमाञ्चक शैलीको यस गीतलाई शङ्कर थापा ‘स्माइल’ ले सङ्गीतवद्ध गरेका हुन्।

गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ । ‘यस्तै मायाको यो मौसम फेरि आउला, न आउला’, ‘दिलमा उस्तै प्रेमको आभास होला, नहोेला’, ‘भेटी नै सकियो त हामी साथ नछुटोस्’, ‘पाइसकेको यो मौका फेरि नगुमोस्’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् ।


मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोमा सुधीर श्रेष्ठ र जुना कार्कीको अभिनय हेर्न सकिन्छ । इलाम र झापाका मनोरम दृश्यमा सुजन श्रेष्ठले भिडियोको छायाङ्कन गरेका हुन् । दिन्शन शाहले भिडियो सम्पादन गरेका हुन् । मोडल सुधीरको युट्युब च्यानल ‘सुधीर श्रेष्ठ सिर्कार’ मार्फत् भिडियो सार्वजनिक गरिएको जनाइएको छ ।