महोत्तरीकाे रामगोपालपुर नगरपालिकामा एमाले विजयी



महाेत्तरी । लामो व्यग्रता चिर्दै महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी भएका छन् । प्रमुख पदमा विजयी साहले पाँच हजार ३४९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अशोककुमार मण्डलले तीन हजार ५८६ मत प्राप्त गरेकाे रामगोपालपुरका निर्वाचन अधिकृत जानकीरमण यादवले जानकारी दिए ।


त्यसैगरी उपप्रमुखमा निर्वाचित यादवले चार हजार २६३ मत प्राप्त गरकाे र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्पादेवी कुशवाहाले तीन हजार ४०३ मत प्राप्त गरेकाे रामगोपालपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जम्मा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेका जिल्लामा सबै पदको मतगणना परिणाम घोषणा भएको यो पहिलो हो । अब धमाधम परिणाम घोषणा गर्ने चरणमा पुग्न लागिएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाभरिमा आठवटा वडाध्यक्ष र १०० मुनि वडा सदस्यमा मात्र जित हात पारेको थियो ।