महानगरपालिका–३२ मा एमालेका पुरानै जनप्रतिधि दोहोरिए



काठमाडाैँ । मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ महानगरपालिका वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ ।

गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नवराज पराजुलीसहित प्यानल नै विजयी भएको छ । उनी नेकपा (एकीकृत समाजवादी)का निकटतम प्रतिद्वन्द्वी सीतादेवी कँडेल (पराजुली) लाई दुई हजार ११७ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन् ।


यसअघिको निर्वाचनमा पनि उक्त स्थानबाट यही समूह विजय भएको थियो । अध्यक्षमा विजय भएका पराजुलीले पाँच हजार २२५ मत प्राप्त गरेका हुन् भने कँडेलले तीन हजार १०८ मत प्राप्त गरेकाे बताइएको छ । त्यसैगरी सदस्यमा एमालेका तर्फबाट भगवान् बुढाथोकी र हरिबहादुर बस्नेत विजयी भएका छन् ।

महिला सदस्यमा हीरादेवी पाखरेल र दलित महिला सदस्यमा सीता विसुङ्खे विजयी भएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नौ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २९ र ३१ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, २८, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।