मनोज पाण्डेविरुद्ध मानव वेचविखनविरुद्धको जाहेरीमा पीडितको बयान प्रमाणित



काठमाडाैँ । सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् ।

पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएकी हुन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित भएको छ । बयान प्रमाणित भएसँगै ओरोपीलाई उक्त मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन पाउँछ ।


पीडितले मानव वेचबिखन तथा ओसार प्रसार नियन्त्रण कसुरमा जाहेरी दिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा युवतीले पाण्डेविरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।

पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगितापछि सक्सेस पार्टी भनेर युवतीलाई बोलाएर एभरेष्ट होटलमा बलात्कार गरेको युवतीले आरोप लगाएकी छिन् ।

पाण्डेलाई गत जेठ ७ गते नै प्रहरीले पक्राउ गरेको छ । प्रतियोगितामा सहभागी भई दोस्रो भएकी एक युवतीले पाण्डेविरुद्ध आफुमाथी पटक–पटक बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् ।