मनाङमा सकियो मतगणना : २ पालिकामा एमाले, २ मा कांग्रेस विजयी



मनाङ । मनाङ जिल्लाका चार पालिकाको नतिजा सार्वजनिक भएको छ । चार गाउँपालिका रहेको यस जिल्लामा दुईवटा पालिका नेकपा एमाले र दुईवटामा नेपाली काँग्रेस विजयी भएको हो ।

यो जिल्लामा चामे र मनाङ डिस्याङ गाउँपालिका प्रमुख एमालेले जितेको हो भने नेपाली काँग्रेसले नार्पा र नाँसो गाउँपलिकामा विजय भएको हो ।  चामे र मनाङ डिस्याङ लोकेन्द्र घले र कान्छा घले अध्यक्ष भएका हुन् भने नार्पा र नाँसो गाउँपलिकामा कोन्जो तेन्जिङ र धनबहादुर गुरुङ निर्वाचित भएका हुन् ।