मधुवन नगरपालिकामा कांग्रेस विजयी



बर्दिया । मधुवन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले नेकपा (माओवादी केन्द्र)का लक्ष्मीप्रसाद शर्मालाई पराजित गरेका हुन् । भाटले आठ हजार ७७५ तथा शर्माले सात हजार ९३१ मत प्राप्त गरे ।


उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार ३३५ मत तथा माओवादी केन्द्रकी शुभद्रा चौधरीले सात हजार ८९९ मत प्राप्त गरिन् ।