मण्डनदेउपुर नगरपालिकामा गठबन्धनका वाइबा र नेपाल विजयी



बनेपा । स्थानीय तह निर्वाचन २०७९ को मतगणनाको परिणामअनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका प्रमुख र उपप्रमुख दुवै विजयी भएका छन् ।

आज सम्पन्न मतगणनाको परिणामअनुसार प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी)का टोकबहादुर वाइबा र उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका हुन् ।


गठबन्धन दलका प्रमुख पदको उम्मेदवार वाइबाले नौ हजार ४०६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विदुरप्रसाद सापकोटाले आठ हजार ३५१ मत प्राप्त गरेका छन् ।

त्यस्तै गठबन्धन दलका उपप्रमुखका कांग्रेसका नेपालले ११ हजार ३०५ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरिता ढकालले छ हजार ९२४ मत प्राप्त गरेकी छन् ।