मकवानपुरको इन्द्रसरोबरमा भ्यान दुर्घटना : ४ जनाको मृत्यु, ४ घाइते



मकवानपुर । मकवानपुरमा शनिबार साँझ सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाडौं गइरहेको ना ४ च २३१५ नम्बरको भ्यान शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटना हो ।

दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा पुर्याउँदा पुर्याउँदै र १ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरूको पहिचानको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ ।