भ्रष्टाचार नियन्त्रणबाट समृद्धि कायम हुन्छ : राप्रपा अध्यक्ष लिङ्देन



माेरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताएका छन् ।

विराटनगरको पुष्पलाल चोकमा आज आयोजित पार्टी प्रवेश तथा बृहत् आमसभामा उनले राजनीति भनेको राष्ट्रसेवा भएकाले भ्रष्टाचार नगरी जनताको हितमा कार्य गर्नुपर्नेमा जोड दिए ।


अध्यक्ष लिङ्देनले राप्रपाले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेका कारण स्थानीय पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले भ्रष्टाचार नगर्ने सङ्कल्प गरी पदभार ग्रहण गर्ने गरेको उदाहरण देखिएको बताए ।

अध्यक्ष लिङ्देनले मुलुकको ठोस नीति नभएका कारण महँगी वृद्धि भइरहेको चर्चा गर्दै यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी रहेको धारणा राखे ।