भिरबाट लडेर एककाे मृत्यु



बागलुङ । बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आज भिरबाट लडेर मृत्यु भएको हो ।

घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लड्नुभएको थियो । उहाँलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।


थापाको टाउकामा गहिरो चोट लागेको थियो । उहाँको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ । थापा गोरेटो बाटोदेखि दुईसय मिटर तल खसेका थिए ।