भरतपुर महानगरपालिकामा ८ बजेदेखि मतगणना सुरू हुने



चितवन । भरतपुर महानगरपालिकामा बिहान ८ बजेबाट मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी गराएकाे छ ।

सर्वदलीय बैठकले मतगणना शनिबार बिहान सुरु गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाकाे मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसञ्चर राेडमा हुनेछ ।