भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै



चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राखेकी हुन् । दुई हजार ९६८ मत गणना गर्दा उनले ९८ मतले अग्रता कायम राखेका छन् ।

दाहालले एक हजार १०५ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का विजय सुवेदीले एक हजार सात मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गरेका हुन् ।


यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार २२६ मत पाएका छन् । उनको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८३० मत पाएकी छन् ।