भरतपुरमा झिनाे मतान्तरले रेनु अगाडी, पछ्याउदै सुवेदी



चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मतान्तर घटाएका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालभन्दा सुवेदी २ मतले मात्रै पछि छन् ।

दाहालले २ हजार ४२५ मत प्राप्त गर्दा सुवेदीले २ हजार ४२३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९५ मत पाएका छन् ।