भरतपुरको मतगणना स्थगित



चितवन । भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । मतगणना गर्ने क्रममा गठबन्धन र एमालेका प्रतिनिधिबीच सदर/बदर मतमा विवाद भएपछि मतगणना रोकिएको हो ।

मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार सर्वपक्षीय बैठक बसेर मत गणना पुन: सुरु गर्ने तयारी भइरहेको छ ।


पछिल्लो परिणामअनुसार यहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार रेनु दाहाल ५,३८२ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विजय सुवेदीले ५,३६७ मत ल्याएका छन् ।