भक्तपुरमा नेमकिपाको अग्रता कायमै



भक्तपुर । भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ ।

भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १ देखि ३ सम्मको पाँच हजार ७३६ मतगणना भएको छ । जसमध्ये नेमकिपाको नगरप्रमुखमा सुनील प्रजापतिले तीन हजार ९५१ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ४३३, नेकपा (एमाले)का रवीन्द्र्र लाछिमस्युले ३७१, नेकपा (माओवादी केन्द्र)का तुल्सीभक्त सुवालले १४४ र स्वतन्त्रतर्फबाट सत्यराम त्वायनाले ३०४ मत प्राप्त गरेका छन् ।


उपप्रमुखमा नेमकिपाका रजनी जोशीले तीन हजार ९९१, गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका ओमचरण अमात्यले २५२, नेकपाका इन्द्रमाया सुवालले १६५, नेकपा (एमाले)का रञ्जना चापागाई खबुजाकले ३९८ मत प्राप्त गरेको छ । वडाध्यक्षमा नेमकिपाबाट क्रमशः १, २, ३ मा १८४६, ६१६, १४९४ मत प्राप्त गरेर अग्रता कायम राखेको छ । त्यसैगरी नेपाली कांग्रेसकाबाट ४२, ७८, २०६, एमालेबाट क्रमशः ३५४,११२,९२ र माओवादीबाट १९, ५१ र ५६ मत प्राप्त गरेको छ ।