बेलबारी नगरपालिका प्रमुखमा एमालेका राई, उपप्रमुखमा कांग्रेसका थापा विजयी



विराटनगर । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बेलबारी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका दिलप्रसाद राईले १६ हजार ४२२ मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत प्राप्त गरेकाे छन् ।

उपप्रमुखमा कांग्रेसकी नितु थापाले १३ हजार ७३१ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी एमालेकी तीलकुमारी न्यौपानेले १३ हजार ६०५ मत प्राप्त गरेकी छन् । कांग्रेसले वडा नं १, ४, ६, ९, १० र ११, एमालेले २, ३ ५ र ७ मा तथा ८ मा स्वतन्त्रका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेका छन् ।