बेनी नगरपालिका–२ मा गठबन्धन विजयी



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सम्राट सापकोटाले ४० मत प्राप्त गरेका छन् ।


नगरपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन रहेको छ । वडा सदस्यमा गठवन्धनका कृष्णबहादुर कार्की, चन्द्रकान्त रिजाल, वविता सापकोटा र बिष्णुकुमारी सार्की विजयी भएका छन् ।