बालेन शाहले कटाए २१ हजार मत, फराकिलाे बन्दै मतान्तर



काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २१ हजार बढी मत पाएका छन् । ५४ हजार ६२१ मत गणना गर्दा शाहले २१ हजार १११ मत पाएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छन् । 


उनीहरूबीच १० हजार बढी मतान्तर देखिन्छ । मतगणना जारी छ ।