बारामा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान



बारा । बारा जिल्लाको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए ।

बारागढी सिम्रौनगढ प्रचरौटा मतदान केन्द्रमा मतदान सुरु हुन लाग्दा दुवै पक्षबीच झडप भएकामा अनुगमन टोलीले दुवै पक्षलाई सम्झाइ मतदान सुरु गराएको मुख्य निर्वाचन अधिकृत रेग्मीले बताए ।


अहिलेसम्म सबै मतदानस्थलमा निरन्तर मतदान सञ्चालन भइरहेको उनले जानकारी दिए