बाजुराकाे बडीमालिका नगरपालिकामा एमालेका खड्का र थापा विजयी



बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा नेकपा एमालेबाट प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् । एमालेबाट नगरप्रमुखका उम्मेदवार अमरबहादुर खड्काले चार हजार नौ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनराज पण्डित तीन हजार ५५२ मत ल्याएर पराजित भए ।

यस्तै उपप्रमुखमा निर्वाचित एमालेकी नन्दाकुमारी थापाले चार हजार २३३ मत ल्याए । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राधिका सिंह तीन हजार ३५१ मत ल्याएर पराजित भएकी थिइन् । एमालेले पाँच वडासहित नगरप्रमुख र उपप्रमुख जितेको छ भने दुई वडा नेपाली कांग्रेसले जितेको छ ।