बागलुङको जैमिनी प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस विजयी



बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा राजमोका नरबहादुर पुन तथा उपप्रमुखमा कांग्रेसका हरिहर शर्मा विजयी भएका हुन् ।

पुनले आठ हजार ७५५ तथा यहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लीलाबहादुर रानाले दुई हजार ८७३ मत पाए । उपप्रमुखमा शर्माले नौ हजार १७३ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उशा पौडेलले दुई हजार ६३६ मत प्राप्त गरिन् ।


जैमिनीको १० वडामध्ये वडा नं १, २, ५, ७ र ८ मा कांग्रेस, वडा नंं ४ मा नेकपा (एकीकृत समाजवादी), वडा नंं ६ मा नेकपा (माओवादी केन्द्र), वडा नंं ९ एमाले तथा वडा नंं ३ र १० मा राजमो विजयी भएको छ ।