बाँकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी



बाँके । बाँकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर शाहीले एमालेका घननाथ खनाललाई पछि पार्दै १२ हजार १८० मत ल्याएर विजयी भएको जानकी गाउँपालिकाको निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्धन्दी खनालले १० हजार ३८२ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का दीपेन्द्रबहादुर शाहले पाँच हजार २१४ मत पाएका थिए ।


उपाध्यक्षमा कांग्रेसकी निर्मला रोकायले एमालेकी प्रेमपूर्ण योगीलाई पछि पार्दै १२ हजार १५२ मत ल्याएर निर्वाचित भएकी छन् । योगीले दश हजार ७३३ मत ल्याउदा नेकपा (एकीकृत समाजवादी)का टङ्करनाथ योगीले चार हजार १० मत ल्याएका थिए ।

आठ वडा रहेको सो गाउँपालिकामा कांग्रेसले चार, एमालेले दुई र माओवादी केन्द्रले दुई वडा जीतेको थियो । अहिलेसम्म नेपागञ्ज उपमहानगरपालिकासहित पाँच पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै दुई पालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ । जिल्लामा आठ स्थानीय तह छन् ।