बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी



बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा नेकपा(माओवादी केन्द्र) विजयी भएको छ ।

नेपाली कांग्रेसका प्रमुख पदका दीपकजङ्ग शाहलाई पराजित गर्दै माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार दीपेश थारू विजयी भएका छन् । नौ हजार ८०७ मत प्राप्त गरी थारू विजयी भएका हुन् । नेपाली कांग्रेस दीपकजङ्ग शाहले नौ हजार ७६० मत प्राप्त गरे ।


त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मनकलाकुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम नेपाली कांग्रेस यशोदा थारूले १० हजार ४५ मत प्राप्त गरिन् ।