बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी



बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा कांग्रेस तथा उपप्रमुखमा एमाले विजयी भएको छ ।

नौ हजार ४२ मत प्राप्त गरी प्रमुखमा कांग्रेसका तिलकराम लम्साल विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८१८ मत ल्याए ।


यस्तै ८ हजार १७६ मत ल्याएर उपप्रमुखमा एमालेकी बिना भट्टराई विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मञ्जुकुमारी चौधरीले सात हजार ६७४ मत प्राप्त गरिन् ।