बडीमालिका २ र ३ मा एमाले विजयी



मार्तडी । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर २ र ३ मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराका अनुसार उक्त बडीमालिका–२ मा एमालेका उम्मेदवार डम्बरबहादुर महतले ३१९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालबहादुर कार्कीले ३१५ मत ल्याएर पराजित भएका छन् । कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा पनि चार मतले महतसँग पराजित भएका हुन् ।


यस्तै बडीमालिक –३ मा पनि एमालेका अध्यक्षका उम्मेदवारसहितको सिङ्गो प्यानल निर्वाचित भएको छ । अध्यक्ष पदका उम्मेदवार डवलबहादुर रोकायाले ४०० मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका अध्यक्षका उम्मेदवार दलबहादुर रावलले १६१ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।