बझाङको थलारा गाउँपालिकामा एमाले विजयी



बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनले दुई हजार ७७४ मत प्राप्त गरेका हुन् ।

उनको निटकतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशी रहेका छन् । जोशीले दुई हजार ११३ र सत्ता गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गरेका छन् ।


त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती तीन हजार १५० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेकी मीरा रावलले दुई ५८७ मत ल्याएका छन् ।