प्रधानसेनापतिबाट माछाखोलामा निर्मित बेलिब्रिजको उद्घाटन



काठमाडौँ । गोरखाको बेनिघाट आरुघाट लार्के सडक खण्डमा पर्ने माछाखोला माथि बेलिब्रिज निर्माण गरिएको छ । सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले करिव दुई करोड रुपैयाँको लागतमा बेलिब्रिज निर्माण गरेको हो ।

१ सय २० फिट लम्बाई र १२ फिट चौडाईको उक्त बेलिबिज्रको बिहीबार प्रधानसेनापती प्रभुराम शर्माले उद्घाटन गरेका छन् । बेलिबिज्र निर्माण भएसँगै बर्षाको समयमा पनि सवारी आवागमनमा सहज हुने सेनाले बताएको छ