प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसका कार्की निर्वाचित



डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

कार्कीले तीन हजार ३८४ मत पाप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् ।


त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले तीन हजार १३ मत पाएकी छिन् । उनकाे निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत प्राप्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गरेका थिए । अहिलेसम्म डडेल्धुरा जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले सात वडामा विजयी भएको छ भने एमाले एक वडामा विजयी, माओवादी केन्द्र एक, नेपाली कांग्रेस बिपी एक वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।