प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन



प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ ।

प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । 


उनी विगत एक वर्षदेखि बिमारी थिए । उनकाे शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएकाे छ ।