पोखरा महानगरको मतगणना रोकियो



पाेखरा । पोखरा महानगरको मतगणना रोकिएको छ। एमालेतर्फका प्रतिनिधि मतगणना छोडेर हिँडेपछि पोखरा महानगरको मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणना अन्तिम चरणमा पुगेको बेला एमालेले धाँधलीको आरोप लगाउँदै विवाद निकालेपछि मतगणना रोकिएको हो ।


महानगरपालिकाको वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको छ। वडा नम्बर १८ मा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो। 

उक्त वडामा ३२ सय ९२ मतमध्ये एमालेले १६ सय ४० र कांग्रेसले १६ सय ४३ मत प्राप्त गरेको छ। मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो। पछिल्लो समय वडा नम्बर २२, ३२ र ३३ को मतगणना भइरहेको थियो।