पोखरामा एमाले उम्मेदवारलाई २ हजार मतले पछि पार्दै धनराजको अग्रता



पोखरा । पोखरा महानगरपालिकामा एमालेलाई पछि पार्दै गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता लिइरहेका छन् ।

३६ हजार ८ सय १३ मतगणना हुँदा आचार्यले १५ हजार २८८ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले १३ हजार ३२९ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १५ हजार ५९५ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जुदेवी गुरुङले १५ हजार २२५ मत प्राप्त गरेकी छन्। पोखरा महानगरमा एक लाख ४३ हजार २ सय २६ मत खसेको छ ।