पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कबिहीन



काठमाडाैँ । पोखराबाट जोमसोम उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी टि्वनअटर जहाज सम्पर्कविहीन भएकाे हाे ।


सम्पर्कबिहीन भएको जहाजबारे खोजबिन सुरु भएको छ । जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ।

थप जानकारी आउन बाँकी छ।