पाँचथरको मिक्लाजुङमा गठबन्धनका माखिम र शेर्मा विजयी



पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको नेकपा (माओवादी केन्द्र)का अमरराज माखिम पुनः निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तकुमार शेर्मा विजयी भएका छन् ।


अध्यक्ष पदमा माखिमले नेकपा (एमाले)का नरेन्द्रकुमार बस्नेतलाई दुई हजार ३९ मतले पराजित गरेका हुन् । माखिमले ६ हजार ६५ मत प्राप्त गर्दा बस्नेतले चार हजार २६ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालय मिक्लाजुङले जनाएको छ ।

यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धनको कांग्रेसका सन्तकुमार सेर्मा विजयी भएका छन् । उनले एमालेका धनमाया सारु मगरलाई दुई हजार १७० मतले पराजित गरेका हुन् ।

सेर्माले पाँच हजार ५४२ मत प्राप्त गर्दा मगरले तीन हजार ३७२ मत हजार मत प्राप्त गरे । आठवटा वडा रहेको मिक्लाजुङमा वडा नं ८ बाहेक सबै पदमा गठबन्धन विजयी भएको छ ।