नेपाली क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो



काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान)काे मङ्गलबार बसेको बोर्ड बैठकले २०२२ अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टोलीका महिला तथा पुरुष खेलाडी, मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी र त्रिवि मैदान पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ ।

राष्ट्रिय पुरुष टोली खेलाडीको मासिक पारिश्रमिक रु १० हजारले वृद्धि गरिएको छ भने महिला टोलीका ए र बी श्रेणीका खेलाडीको रु छ हजारको दर वृद्धि गरिएको छ भने सी श्रेणीका खेलाडीको रु पाँच हजारका दरले बढाएको छ ।


यस्तै सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक रु तीन हजारले, मैदान कार्यालय सहयोगीको मासिक रु पाँच हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक रु छ हजारले वृद्धि गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।