नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसको अग्रता



नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई कायम गरेका छन् । प्रारम्भिक मतपरिणाम अनुसार उनले ४१० मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (एमाले)का पशुपतिदयाल मिश्रले २३८ र राप्रपाका नन्दलाल वैश्यले २१२ मत पाएका छन् ।

उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ३०७, राप्रपाकी बिन्दु चर्तीमगरले २५९ र एमालेकी शान्ति ढकालले २२६ मत प्राप्त गरेका छन् । नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर २३ को मात्र गणर्न सम्पन्न भएको छ ।