निमावि तह शिक्षक लाइसेन्सकाे विज्ञापन खुल्यो



काठमाडौँ । शिक्षक सेवा आयोगले निमावि तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुल्ला गरेको छ ।

आयोगले तोेकेको उमेर र योग्यता पुगेका नेपाली नागरिकहरुले आजदेखि आगामी असार ७ गतेसम्म अनलाइन दरखास्त फर्म भर्न सक्नेछन्। दोब्बर दस्तुर तिरेर जेठ १४ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ


आवेदन फर्म भर्दा नागरिकताको प्रमाणपत्र, हालै खिचिएको फोटो, दस्तखत नमुना, शैक्षिक योग्यताको लब्धाङ्क पत्र र तालिमको प्रमाणपत्र पेश गर्नुपर्नेछ । परीक्षा साउत २८ गते बिहान ८ बजे तोकिएको छ ।