धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता



धरान । धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा छन् । पछिल्लो मत परिणामअनुसार उहाँले एक हजार ३४० प्राप्त गरेका छन् ।

स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका गरेका छन् । नेकपा (एमाले)की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन् ।


उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का आइन्द्रविक्रम बेघाले एक हजार ४२९ र एमालेका पदम लिम्बूले ८४४ मत प्राप्त गरेका छन् ।

हाल वडा नं १, २ र ३ को मत गणना जारी छ । यी बजार क्षेत्र कांग्रेसको पकट क्षेत्र मानिन्छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा १ र २ कांग्रेस र ३ मा एमालेले विजयी गरेको वडा हुन् ।