धरहरा उद्घाटन भयो, सञ्चालनमा आएन : सांसद श्रेष्ठ



काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकोमा टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले काम नै नसकिएका आयोजना सम्पन्न भयो भनेर शुभारम्भ गर्ने प्रवृत्तिका कारण हालसम्म पनि समस्या खडा भएको बताए ।


“आफ्नो बेलामा उधुम नै ग¥यौँ भनेर केही माननीयज्यूहरूले धारणा राखेको देखियो । तर, वास्तविकता त्यस्तो छैन, धरहराको छेउमा चियापसल गर्नेले उद्घाटनपछि के पायो भनेर हेर्नुपर्छ कि पर्दैन ?” उनले भने ।