धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति पछि फेरि सुरू भयाे भरतपुरकाे मतगणना



चितवन । भरतपुर महानगरपालिकामा रोकिएको मतगणना फेरि सुरू भएको छ ।

आफ्नो पार्टीको चुनाव चिन्ह सूर्यमा लगाइएको छाप धमिलो भएको कारणले  देखाएर  बदर गरिदिएको भन्दै एमाले प्रतिनिधिहरूले विरोध जनाएपछि मतगणना रोकिएको थियो ।


त्यसपछि प्रमुख निर्वाचन अधिकृतले बोलाएर बसेको सर्वदलिय बैठकले उक्त मतपत्र बदर नै गर्ने सहमति गरेपछि मतगणना फेरि सुरू भएको हो । सर्वदलिय बैठकले धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति गरेको छ ।