धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको जित



लहान । धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा दुई हजार २६२ प्राप्त गरी राजकुमार साहले जित हासिल गरेका छन् भने उपाध्यक्षमा रामवतीदेवी मण्डल दुई हजार ४३० मतका साथ विजयी भएकी हुन् ।


साहका प्रतिस्पर्धी लोपसाका जीवेन्द्र झाले दुई हजार १६२ तथा उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी लोसपाकै रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।