धनगढीका लागि उडेको श्रीएयरको जहाजको इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण



काठमाडौँ । इन्जिनमा समस्या देखिएपछि काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ ।

विमानको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जनाएका छन् ।


उनकाअनुसार मध्यान्ह १२ बजेर ८ मिनेटमा काठमाडौंमा उक्त विमानलाई अवतरण गराइएको हो । विमानमा ८० जना यात्रु रहेका र सबै सकुशल रहेको एयरलाइन्सले जानकारी दिएको छ ।