दैलेखमा बस दुर्घटना : ४ जनाको मृत्यु



दैलेख । दैलेखको आठबीस नगरपालिका –३ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा बुधबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । मुगु कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो ।  

अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । घटनास्थलमा पुगेका प्रहरीका अनुसार अँध्यरो भएकोले उद्धार कार्य कठिनाइ भएको बताएका छन् । बसमा झन्डै ५० देखि ६० जना सवार रहेको अनुमान छ । बस दुर्घटनाको कारण खुलिसकेको छैन ।