दुई हप्तादेखि महिला बेपत्ता



कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन् ।

परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्किएकी हुन् । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् ।


“घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उनले भने । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन् ।