दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धन विजयी



खाेटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उक्त नगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी तालमेल भएको थियो ।

नगरप्रमुखमा कांग्रेसका तीर्थराज भट्टराई र उपप्रमुखमा माओवादी केन्द्रका बिसन राई विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार आचार्यलाई चार हजार ३९३ तथा राईले एमालेकै विणादेवी राईलाई तीन हजार ११९ मतान्तरले पराजित गरेकाे मुख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आचार्यले जानकारी दिए ।


भट्टराईले एघार हजार ३८९ र उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ६ हजार ९९६ मत प्राप्त गरे । यस्तै राईले दश हजार ४३८ मत तथा उनकाे निकटतम प्रतिद्वन्द्वी विणादेवीले सात हजार ३१९ मत ल्याइन् । नगर प्रमुख र उपप्रमुखमा चार राजनीतिक दलबीच चुनावी तालमेल भए पनि अधिकांश वडामा भने एक्ला–एक्लै प्रतिस्पर्धा भएको थियो ।