थप १२ जनामा काेराेना सङ्क्रमण पुष्टि



काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण आज १२ जनामा मात्र देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ६२७ जनामा कोरोना परीक्षण गर्दा १२ मा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेका छन् ।


पछिल्लो समय नौ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९३८ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । हाल होम आइसोलेसनमा १५० जना रहेका छन् ।