तिलोत्तमा नगरपालिकामा कांग्रेसका खाण विजयी



लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत रुपन्देहीका सबै पालिकाको मतगणना सम्पन्न भएको छ ।

जिल्लाका १६ पालिकामध्ये पछिल्लोपटक आज सार्वजनिक भएको मतगणना परिणामअनुसार तिलोत्तमा नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन् । उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मोहन चापागाईँले २३ हजार ६३१ मत प्राप्त गरेका छन् ।


यस्तै उपप्रमुखमा एमालेकी जागेश्वरदेवी चौधरी निर्वाचित भएका छन् । उनले २३ हजार ८६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रकी हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरेका छन् ।