ताप्लेजुङको मेरिङदेन अध्यक्षमा कांग्रेस विजयी



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसबाट युकहाङवीर हाङ्गाम (डम्बर) विजयी भएका छन् । उनले दुई हजार ८६९ मत प्राप्त गरी नेकपा (एमाले)का केदारजंङ्ग जोङवाङलाई ९९ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा दुई हजार ५९८ मतले नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद चोङबाङ विजयी भएका छन् । उनकोे निकट्तम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले एक हजार ६५७ मत प्राप्त गरेका थिए ।


मेरिङदेनको छ वडामध्ये १, २, ५ र ६ मा एमालेले जित हासिल गरेकोे छ भने ४ नं मा कांग्रेस र ३ नं मा गठबन्ध दलका उम्मेदवारले विजयी हासिल गरेका छन् ।