डोटीमा विजय -यालीमा सहभागी भएको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, २९ घाइते



डाेटी । डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोेटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार यहाँको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ००१–००२ त ४७९५ नंको ट्र्याक्टर दुर्घटना हुँदा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय विक्रम नेपालीको मृत्यु भएको हो ।


पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताले निकालेको ¥यालीमा सहभागी भएको उक्त ट्र्याक्टर दुर्घटना भएको हो । ¥यालीमा सहभागी भएका कम्तीमा पनि २९ जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु घाइते भएको बताइएको छ । घाइतेहरुलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारका लागि ल्याइएको छ ।

घाइतेमध्ये १४ वर्षीया मनिषा जोशीलाई थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको र अर्का १० वर्षीय अनिल खड्कालाई पनि थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।