डोटीको सायलमा कांग्रेसका जोशी विजयी



डाेटी । डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी र उपाध्यक्षमा सोही पार्टीका निर्मला बोहरा ओली विजयी भएका छन् ।

अध्यक्ष पदका उम्मेदवार जोशीले तीन हजार २४३ र उनका प्रतिस्पर्धी एमालेका तेजबहादुर डुम्रेले दुई हजार २४० मत प्राप्त गरेका छन् ।


यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार ओलीले दुई हजार ९३७ र उनका प्रतिस्पर्धी एमालेका विष्नादेवी सिंहले दुई हजार १५४ मत प्राप्त गरेका छन् ।

छवटा वडामध्ये पाँच वटामा कांग्रेस र एउटा वडामा एमाले वडाध्यक्षमा विजयी भएका छन् ।