डडेल्धुराको पाँच पालिकामा मतगणना जारी



डडेल्धुरा । डडेल्धुराका सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ ।

जिल्ला सदरमुकाममा स्थित अमरगढी र पर्शुराम नगरपालिका सहित गन्यापधुरा, नवदुर्गा र आलिताल गाउँपालिमा मतगणना सुरू भएको जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख हरिप्रसाद पङ्गेनीले जानकारी दिए । अन्य दुई पालिकामा आजै मतगणना सुरू हुने बताए ।


भागेश्वर गाउँपालिकाको आज बिहान १० बजेपछि सुरु हुने भएको सहायक निर्वाचन अधिकृत हर्ष रोकाले बताए । अजयमेरू गाउँपालिका–२ चमडामा विवाद रहेको जनाइएको छ । गन्यापधुरामा ४०० मतगणना गर्दा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार इन्द्र कार्कीले १९४ मत ल्याएर अग्रता लिएका छन् ।